शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बरको नतिजा : १३ स्थानमध्ये कांग्रेस–एमाले बराबर, पछ्याउदै माओवादी (सूचिसहित)

बिहीबार, ०५ असोज २०७४, १० : ३४
बिहीबार, ०५ असोज २०७४

 काठमाडौं– स्थानीय तह निर्वाचन २ नम्बर प्रदेशको नतिजा आउने क्रम सुरु भएको छ । बिहीबार बिहानसम्म जम्मा १३ स्थानीय तहको परिणाम आइसकेको छ । प्राप्त परिणाम अनुसार एमाले र कांग्रेस चारचार, माओवादी २ फोरम नेपाल, राजपा र लोकतान्त्रिक फोरमले एकएक स्थान जितेका छन् ।

नेपाली कांग्रेसले सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस उम्मेदवार विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी भएका हुन् । त्यस्तै  धनुषाको औरहीमा प्रमुखमा कांग्रेसका ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी भएका छन् । धनुषाकै जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी भएका छन् भने सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी भएका हुन् । 

धनुषाको बटेश्वर गाउपालिकामा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह, र धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी भएका छन् ।
त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा पनि एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी भएका छन् । त्यसैगरी पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी भएका छन् । 

माओवादीले अहिलेसम्म सिरहाको कर्जन्हामा गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी सिरहाको अर्नमामा पनि माओवादीका ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी भए । 
राजपाले  धनुषाको हंसपुरमा रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी भए भने नेपाल लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव विजयी भएका छन् । 

त्यस्तै सिराहाको विष्णुपुर गाँपालिकामा संघीय समाजबादी फोरमका जागेश्वर यादव निर्वाचित भएका छन् । 

यसैगरी मतगणना भइरहेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ वटा स्थानमा अग्रता गरेको छ  भने एमालेले १५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्र, राजपा र संघीयसमाजवादी फोरम फोरम १६÷१६ स्थानमा अग्रता लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप