शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क–कसले पाउँदैछन् प्रेस काउन्सिल पत्रकारिता पुरस्कार ?

बिहीबार, ०५ असोज २०७४, १० : २८
बिहीबार, ०५ असोज २०७४

काठमाडौ - प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईंलाई प्रदान गरिने भएको छ । 

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने निर्णय भएको जनाएको हो । पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार रहेको छ । 

त्यसैगरी ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । 

‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ) लाई प्रदान गरिनेछ । काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान गर्ने भएको छ । ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर) लाई प्रदान गरिएको छ । 

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर), नमनकुमार शाही (दैलेख) लाई प्रदान गरिने भएको छ । 

त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरूङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रूचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ) लाई प्रदान गरिनेछ । 

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ जना, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच जना र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीन जना पत्रकारलाई प्रदान गरिनेछ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । 

त्यसैगरी प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार कर्मचारीद्वय गीता पराजुली र गोकुल बस्नेतलाई प्रदान गरिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप