शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा एमालेका चौधरी विजयी

बिहीबार, ०५ असोज २०७४, ०९ : ३८
बिहीबार, ०५ असोज २०७४

पर्सा - पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गर्नुभएको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी ममता चौधरी विजयी हुनुभएको शर्माले बताए । उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जु चौधरीलाई ५०० भन्दा बढीको फराकिलो मतअन्तरले पराजित गरेको जानकारी दिए ।

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेकै फरमान मियाँ, वडा नं २ मा काँग्रेसका विजय गौरो, वडा नं ३ मा काँग्रेसकै माधव महतो थारु, वडा नं ४ मा नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारु र वडा नं ५ मा एमालेका मुक्तिलाल साह विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप