शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक भोटले पछि परेपछि : रौतहटको गरुढामा मतगणना अवरुद्ध

बिहीबार, ०५ असोज २०७४, ०९ : १५
बिहीबार, ०५ असोज २०७४

 रौतहट - रौतहटको गरुढा नगरपालिकामा २४ घण्टदेखि मतगण्ना अवरुद्ध भएको छ ।

हिजो २ नम्बर वडाका कांग्रेस उम्मेदवार कृष्ण सहनीले माओवादी उम्मेदवारलाई एक मतले पराजित गरी विजय भएको  निर्वाचन समितिले घोषणा गरेको थियो ।

मतमणनामा त्रुटी भएको भन्दै माओवादी केन्द्रले फेरी मतगणना गर्नुपर्ने माग गरेपछि विवाद भयो र मतगणना नै  स्थगित गरिएको रातोपाटी सम्वाददाताले बताएका छन् ।

स्थाीयन प्रशासन तथा जिल्ला निर्वाचन अधिकृत लेखनाथ ढकाललयागतको समुहले मतगाणनामा सहमतीको लागि प्रयास गर्दा प्रयास सफल हुन सकेन ।

मतगणना स्थलमा सहमति हुन नसकेपछि यो विवाद निर्वाचन आयोगको केन्द्रमा पठाइएको छ ।
आयोगले आज केन्द्रबाट जे निर्णय दिन्छ त्यहीअनुसार अघि बढ्ने ढकालले रातोपाटीलाई बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप