मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भोटको विषयमा झडप : राजपा कार्यकर्ताको मृत्यु

बिहीबार, ०५ असोज २०७४, ०९ : ०४
बिहीबार, ०५ असोज २०७४

रौतहट - रौतहटको कटहरीया नगरपालिका ८ बलुवाटोलमा कांग्रेस र राजपा कार्यकर्ताबीच भोटको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा गम्भीर चोट लागेका राजपाका ५० बर्षीय रामपुकार यादवको मृत्यु भएको प्हरीले जनाएको छ ।

हिजो राति ९ बजे तिरको समयमा भडप हुँदा यावको मृत्यु भएको हो ।

घटनापश्चात (गएराति) १२ बजे प्रहरीले छापा मारी कांग्रेस कार्यकर्ता ३० बर्षका अनुठा यादव, १८ बर्षका भुटा राय यादव र बैजु शाहलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी यज्ञ बिनोद पोख्रेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप