शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चित्र कलाकार शान्तकुमार राईको निधन

बिहीबार, ०५ असोज २०७४, ०८ : ३९
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ - चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ । 

उहाँको बुधबार राति ९ः३० बजे निधन भएको हो । उहाँ डेढ महिनादेखि सो रोगबाट पीडित थिए । 

उहाँको शव आजै विहान उनको निवास भैँसेपाटी लगी आजै पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ । 

उनले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य र नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष भएर काम गरिसकेको थिए ।उनी हाल आधुनिक कलाकार समाजको महासचिव थिए । 

उहाँले विसं २०७२ को भूकम्पबाट पीडित भएका कलाकारहरुका लागि ‘ललितकला हातेमालो अभियान’ सञ्चालन गरेर सेवा पुर्याएका थिए । 

उहाँ दृश्य कला र नारीका संवेदनालाई चित्रमा उतार्न निकै सिद्धहस्त थिए । 

इलाममा जन्मनुभएका राईका श्रीमती र एक छोरा छन् । 
आधुनिक कलाकारका पिता मानिने लैनसिंह वाङ्देलका शिष्य रहनुभएका राईले नेपाल, भारत, दक्षीण कोरिया, बेलायतलगायत देशमा थुप्रै पटक चित्र प्रदर्शनी पनि गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप