शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओबामाले लेखे– राहुल गान्धीमा योग्यताको कमी, काँग्रेसले दियो यस्तो जवाफ

शुक्रबार, २८ कात्तिक २०७७, १५ : ०७
शुक्रबार, २८ कात्तिक २०७७

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो एक पुस्तकमा काँग्रेस आईका नेता राहुल गान्धीबारे टिप्पणी गरेका छन् । उनले भारतीय नेता गान्धीलाई एक ‘नर्भस र आफ्ना शिक्षकलाई प्रभावित गर्ने चाहना राखेर तयारी गरिरहेका  विद्यार्थी भनेका छन् । तर उनीभित्र विषयको मास्टर बन्ने दृढ अठोट र योग्यताको कमी रहेको ओमाबाले उल्लेख गरेका छन् ।

ओबामाले आफ्नो कार्यकालको संस्मरणबारे लेखेको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ मा काँग्रेस नेता सोनिया गान्धी र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबारे पनि उल्लेख छ । आगामी साता सार्वजनिक हुने यस पुुस्तकको समिक्षा न्युुर्योक टाइम्सले लेखेको छ । पुुस्तकमा मनमोहन सिंहबारे ओबामाले लेखेका छन्,‘ उनीसँग मानिसलाई एक तरिकाले प्रभावित गर्नसक्ने इमान्दारी छ ।’ ७ सय ६८ पृष्ठ लामो यस पुस्तक राजनीतिमा कदम राखेर शिखरसम्म पुुग्दाको यात्रा उनको यात्रा संस्मरण हो ।

काँग्रेसको यस्तो प्रतिक्रिया 

काँग्रेस आईका नेता तथा पूर्व केन्द्रीय मन्त्री तारिक अनवरले यसबारे प्रतिक्रिया दिँदैं भनेका छन्, ‘ओबामा र राहुल गान्धीको भेट निकै छोटो भयो होला, त्यो पनि आजभन्दा ८–१० वर्ष पहिले, जब उनी अमेरिकी राष्ट्रपतिका रुपमा भारत आएका थिए । र, एक दुुई भेटकै आधारमा कसैको क्षमता आँकलन गर्नु कठिन हुन्छ ।’ समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै अनवरले भनेका छन्,‘त्यसयता राहुल गान्धीले धेरै अनुुभव हासिल गरिसकेका छन् र अहिलेका राहुल गान्धीको व्यक्तित्व निकै फरक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप