बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय फोरम विजयी

बिहीबार, ०५ असोज २०७४, ०८ : १६
बिहीबार, ०५ असोज २०७४

लहान - सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । 

गएराति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा नेकपा माओवादी केन्द्रका सतदेव यादवले एक हजार २५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप