बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार गुरुङलाई ५५ हजार सहयोग

बिहीबार, ०५ असोज २०७४, ०८ : ०४
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ - त्रिवि शिक्षण अस्पतालमा गत साउन २६ गतेदेखि मिर्गौलासम्बन्धि रोगको उपचार गराइरहनुभएका गायक तथा संगीतकार पूर्ण गुरुङलाई रु ५५ हजार सहयोग प्रदान गरिएको छ । 

एन्जल्स गुरुङ सोसाइटी, प्रकाश गुरुङ, नेपाली काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ र जोसेफ घलेले संयुक्तरुपमा सो सहयोग गर्नुभएको कुरा कोषाध्यक्ष गुरुङले जानकारी गराए । 

उहाँलाई हालसम्म विभिन्न संघसंस्था तथा आफन्तले गरी जम्मा रु १२ लाख सहयोग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप