बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव : अब के हुन्छ ?

बिहीबार, ०५ असोज २०७४, ०६ : ४८
बिहीबार, ०५ असोज २०७४

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ ।

उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ ।

चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला ताप्लेजुङ, खासा–रसुवागढी रसुवा र खासा–यारी हुम्ला नाका प्रयोग गर्दै आएको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

यारी र रसुवागढी दुवै नाका खासाभन्दा पश्चिममा पर्छन् । अहिले रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको सन्दर्भमा यी दुई नाकामा पुग्नका लागि खासा तातोपानी नाका प्रयोग गर्नै पर्दैन । त्यसो हुँदा तातोपानी नाकाबाट पूर्वको ओलाङचुङगोलाका लागि खासा नाका प्रयोग गर्न नमान्नुको अर्थ तातोपानी–खासा नाका सदाका लागि बन्द गर्ने चाहना राख्नु हो ।

चिनियाँ पक्षले यस्तो अडान राख्नुको अर्थ भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ ।

नेपाली वार्ताटोलीका अनुसार चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौताको सम्भावना तत्कालका लागि सकिएको छ ।

चीनले आवश्यक ठानेमा र वार्तामा बोलाएमा नेपाल सहभागी हुने र आफ्ना कुरा राख्नेछ । त्यसबाहेक उच्चस्तरीय भेटमा पनि यो विषयलाई उठाउन सकिनेछ । साथै, खासा–ओलाङचुङगोला नाका नेपाली पक्ष वार्तामा सहमत नभएकाले तत्कालका लागि बन्द हुनेछैन ।

बन्द भएको घोषणा नगरे पनि भूकम्पपछि उक्त नाका सुचारु छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप