शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

बिहीबार, ०५ असोज २०७४, ०६ : १८
बिहीबार, ०५ असोज २०७४

लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् । 

घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि कुनै सुनुवाई नभएको उनले बताए । 

घरबेट्टिले कोठावाल सटरवालासंग मनलागी भाडा लिने मात्र होईन, सरकारलाई बुझाउनुपर्ने राजस्व पनि छली गरेका छन्, उजुरीकर्ताले भने । 

उनले जननिर्वाचित प्रतिनिधि आए पनि आफुहरुले अघि सारेको माग सुनुवाईप्रति बेवास्ता गरेको गुनासो गरे ।

 ललितपुर महानगरपालिकाले घरबबहाल करमा कडाई गरेमा अर्बौ रुपैयाँ उठ्छ, उनले भने, अब स्थानीय तहले एनकानुन तर्जुमा गर्दा घरबाहल मुल्य घरबेटिले नभई नगरपालिका वा गाउँपालिका आफैले तोक्ने व्यवस्था गर्नुपर्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप