शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रमाइलो चाड तिहार

बिहीबार, २७ कात्तिक २०७७, ०८ : ४६
बिहीबार, २७ कात्तिक २०७७

                           

अत्यन्त हर्षित हुन्छ सम्पूर्ण संसार
आयो है साथीहरु! चाड तिहार

पाँच दिनसम्म मनाइन्छ यो पर्व
 ठूलाबाट टीका लगाई हुन्छ गर्व

 झिलिमिली बत्तीहरुले सिँगारिन्छ घर
चम्किलो देखिन्छ हरेक सहर

  पहिलो दिन हामी कागको पूजा गर्छौँ
दोस्रो दिन कुकुरलाई माला लगाउँछौँ

तेस्रो दिन गर्छौँ हामी गाईको सम्मान
 देउसी भैलो खेल्दै खान्छौँ थुप्रै मिष्ठान

सप्तरङ्गी टिकाले रङ्गीन्छ दाजुभाइको निधार
दाजुभाइबाट दिदीबहिनीले पाउँछन् उपहार

दियोसँगै उज्ज्वल भविष्यको गरौँ कामना
मखमलीको फूलमा गरौँ दीर्घायूको प्राथना

लक्ष्मी माताको भावपूर्ण गरौँ आरधना
 २०७७ तिहार पर्वको सबैलाई शुभकामना  

  
                                              नामः सिद्धान्त यादव
                                                 कक्षाः ६
                                        बूढानीलकण्ठ स्कुल, काठमाडौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा