नेपालमा चीनले यसरी पर्यटन प्रचार गर्दैछ
ललितपुर – छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत यहाँ आज पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गयो ।
चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने नारासहित यहाँ पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न विद्यालयका करिब ४० विद्यार्थीले पाण्डाको आकृतिमा रङ भर्ने काम गरेका थिए । आयोजकका अनुसार चीनले हरेक वर्ष विभिन्न देशमा पर्यटन प्रचारका लागि विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । सोहीअनुसार यो वर्ष नेपालमा समेत पर्यटन प्रचारको कार्यक्रम आयोजना गरेको हो ।
आज ललितपुरको पाटन दरबार क्षेत्रमा र बिहीबार लुम्बिनीमा कार्यक्रमको आयोजना गरिने आयोजकले बताएको छ । सिचुवान प्रान्त पाण्डाका लागि विश्वप्रसिद्ध छ । पाण्डाको मुख्य आहारा बाँस भए पनि यसले अन्य घाँसपात, जंगली कन्दमूल तथा स–साना जन्तु तथा पक्षीको मासु पनि खाने गर्छ ।
यस्तै मिठो खाना र अझ विशेषगरी खुर्सानीसहितको खानाका लागि यो प्रान्त प्रसिद्ध रहेको छ । चीनको दक्षिणी पश्चिमी भू–भागमा रहेको सुन्दर सिचुवान प्रान्तमा वर्षेनी ३० लाख विदेशी पर्यटक पुग्ने गरेका छन् ।
विश्वका पाण्डामध्ये ८० प्रतिशत पाण्डा चीनमा पाइने तथा सिचुवान प्रान्त उनीहरुको मुख्य बासस्थान भएकाले त्यसलाई आधार मान्दै सिचुवानको पर्यटन प्रचार गरिएको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार