मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किन बसेनन् माथेमा र वाग्ले शिक्षा आयोगमा ?

बुधबार, ०४ असोज २०७४, २० : ३३
बुधबार, ०४ असोज २०७४

काठमाडौँ – शिक्षाविद् केदारभक्त माथेमा र डा मनप्रसाद वाग्ले उच्चस्तरीय शिक्षा आयोगमा नरहने भएका छन् ।मंगलबार संसद्ले पारित गरेको शिक्षा ऐन (नवौँ) संशोधनले सामुदायिक विद्यालयको गुणस्तर खस्कने भन्दै उनीहरुले आयोगमा रहेर काम गर्न असमर्थता जनाएका हुन् । 

गत साता भएको आयोगको पहिलो बैठकमा सहभागी डा वाग्लेले आज मन्त्रालयसामु लिखित राजीनामा दिएका छन् भने, माथेमाले हालसम्म पत्र बुझेका छैनन् । नवौँ संशोधनले अस्थायी शिक्षकलाई ‘एक व्यक्ति एक पद’ को सिद्धान्तअनुरुप विज्ञापनमार्फत ७५ प्रतिशतलाई आन्तरिक र २५ खुला गराउने व्यवस्था गरेको छ । 

सरकारले शिक्षासम्बन्धी नीति निर्धारणका लागि गत भदौ १९ गते उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप