शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बुधबार, ०४ असोज २०७४, २० : २८
बुधबार, ०४ असोज २०७४

बाबियाचौर (म्याग्दी)–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि आज दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । 

सडक फराकिलो बनाउने काम भइरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । 

डोजर परिचालन गरेर पहिरो हटाएर सडकमा यातायात सुरु गराउन पहल भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिङ शेरचनले बताए ।

उनका अनुसार पहिरो ठूलो खसेकाले तत्कालै सडक खुलाउन सम्भव छैन् । मानिसहरू समेत आवत जावत गर्न कठिन छ । सडक अवरुद्ध हुँदा मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरेर घर फर्कन लागेका तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप