एएफसी यू १६ च्याम्पियनसिपः नेपालको खराब शुरुवात
बुधबार, ०४ असोज २०७४, १९ : ५१
काठमाडौं– एएफसी यू १६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को खेलमा नेपालले खराब शुरुवात गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको पहिलो खेलमै नेपाल इराकसँग पाराजित भएको छ ।
पहिलो हाफ गोररहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा इराकले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । इराकका मोहम्मद लुय मन्डलावीले गोल गरेका हुन् ।
जितसँगै इराक अंक तालिकामा ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । बुधबार भएको पहिलो खेलमा भारतले प्यालेस्टाइनलाई ३–० ले पराजित गरेको थियो ।
छनोट अन्तर्गत समूहको शीर्ष स्थानमा रहने टोली स्वतः अन्तिम चरणको लागि छनोट हुनेछ भने १० समूहका दोस्रो स्थानमा आउने शीर्ष ५ टोलीले पनि सन् २०१८ मा मलेसियामा हुने एएफसी यू१६ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?