माछा मार्न गएका युवकको डुबेर मृत्यु

person access_timeअसोज ४, २०७४ chat_bubble_outline0

सुरुङ्गा (झापा) – माछा मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ । 

गौरादह नगरपालिका– ९ खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिहानै माछा मार्न खोला गएका उनलाई स्थानीयले खोलामा डुवेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ