सोह्रश्राद्ध समापन
काठमाडौँ – आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सम्पन्न हुँदैछ । कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा गरिने महालय (पार्वण) श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिन्छ । भदौ २१ गतेदेखि यो पर्व शुरु भएको थियो । मंगलबार औँसी तिथि श्राद्ध गरिएको थियो ।
आज आश्विन शुक्ल प्रतिपदाका दिन मातामह अर्थात् मामाघरका हजुरबा (आमा बाबु) का नाममा श्राद्ध गरेपछि पितृपक्ष सकिने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने शास्त्री मान्यता उनले सुनाए ।
बिहीबारदेखि दुर्गा पक्ष अर्थात् दशैँ पर्व शुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना