शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डकै क्षेत्रबाट माओवादी केन्द्रले खाता खोल्दै, जीत निश्चित भएपछि विजयी र्याली निकाल्ने तयारी

बुधबार, ०४ असोज २०७४, १९ : २२
बुधबार, ०४ असोज २०७४


सिरहा– नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट जीत हात पार्दै दुई नम्बर प्रदेशमा स्थानीय तहको पहिलो खाता खोल्ने भएको छ । 

कर्जन्हा नगरपालिका वडा नम्बर ११ को मतगणना जारी रहे पनि जीत निश्चित भएपछि नेता कार्यकर्ता विजय उत्सव मनाउने तयारी गरेका छन् । 

पछिल्लो गणनाअनुसार मेयर पदका उम्मेदवार माओवादी केन्द्रका गंगा पासवानले ३ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । एमालेका मेयरका उम्मेदवार रामदयाल महतोले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । 

नगरको उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठले अग्रता लिएकी छन् । उनले ३ हजार ४ सय ९७ मतका साथ अग्रता लिएकी छन् भने एमालेकी उपमेयरकी उम्मेदवार अन्जुकुमारी रायले २ हजार ६ सय १६ मत प्राप्त गरेकी छन् ।

यो नगरपालिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै क्षेत्र अन्तर्गत पर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप