नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन रक्षा मन्त्रीको यस्तो निर्देशन

person access_timeअसोज ४, २०७४ chat_bubble_outline0

काठमाडौँ – रक्षामन्त्री भीमसेनदास प्रधानले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकमा ‘विपद् व्यवस्थापन तथा विकास निर्माणका सम्बन्धमा भइरहेको प्रयास र प्रगतिबारे जानकारी दिँदै उनले तराईमा डुबान हुँदा, बाढीपहिरो जस्ता विपद् आउँदा उद्धार तथा राहत बाँड्ने कार्यमा नेपाली सेनाको योगदान महत्वपूर्ण भएको बताए । 

मन्त्री प्रधानले भने, ‘नेपालमा बाढीपहिरोको समस्या सधैँ भइरहन्छ । यसका लागि अबदेखि अगाडि नै आवश्यक सामग्रीका साथ तयारी अवस्थामा बस्नुपर्छ ।’ बन्न लागेको विपद् व्यवस्थापन ऐनका बारेमा बृहत् छलफल गरी प्राकृतिक प्रकोप न्यून गर्न जरुरी भएको उनको भनाइ थियो । 


प्रधानसेनापति रवीन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्रको विकास निर्माणको काममा हातेमालो गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गर्दै क्षमताले भ्याएसम्म जिम्मेवारी आएमा वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले आकस्मिक उद्धारका लागि सेनाका लागि एयर एम्बुलेन्स जरुरी भएको पनि उल्लेख गर्नुभयो । स्वयम्भू बारुदखाना काठमाडौँका बढी भीडभाडपूर्ण वस्तीमा रहँदैआएकाले त्यसलाई बाहिर स्थानान्तरण गर्ने तयारी रहेकोसमेत उहाँले जानकारी दिनुभयो । 

प्रधानसेनापति क्षत्रीले सीमामा देखिएका समस्याको कूटनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । बैठकमा सांसद बालकृष्ण खाँण, डा गंगाधर पराजुली, रवीन्द्रप्रताव शाह, लोकमणि ढकाल, विक्रमबहादुर थापा, सन्तकुमार दरै, टीकाराम चेम्जुङ, रेखा शर्मा, श्यामप्रसाद ढकाल र प्रेम सुवालले विपद् व्यवस्थापनमा खटिने नेपाली सेनालाई आगामी दिन स्रोतसाधन सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभएको थियो । 


बैठकले नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसैगरी, घुम्ती र मोड घटाउन लघु सुरुङ मार्ग बनाउन दीर्घकालीन योजना अघि ल्याउन नेपाली सेनालाई निर्देशन पनि दिइएको छ । 

त्यसगैरी, उद्धार कार्यका लागि प्रत्येक प्रदेशमा एक÷एक वटा हेलिकप्टर ९एमआइ–१७० र तीन वटा साना हेलिकप्टर नेपाली सेनालाई उपलब्ध गराउन बैठकले रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ