राजनीतिक दललाई निर्वाचन आयोगको कैंचीः दशैंतिहारमा भोजभतेर नगर्नु
काठमाडौँ– निर्वाचन आयोगले हिन्दु नेपालीहरुको महान चाड दशैंतिहार तथा छठ पर्व भए पनि राजनीतिक दलहरुलाई भोजभतेर गर्न रोक लगाएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निवाृचन हुने भएकाले भोजभतेर नगर्न राजनीतिक दल र संघ संस्थाहरुलाई आग्रह गरेको हो ।
आयोगले विजयादशमी, दीपावली तथा छठजस्ता हिन्दुहरूका महान् चाडहरूका अवसर पारेरपनि राजनीतिक दलहरु तथा दलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेर नगर्न आग्रह गरेको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भन्दै आयोगले चाडबाडमा पनि भोजभतेर नगर्न भनेको हो ।
आयोगको उक्त निर्णयको जानकारी राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने