शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दललाई निर्वाचन आयोगको कैंचीः दशैंतिहारमा भोजभतेर नगर्नु

बुधबार, ०४ असोज २०७४, १९ : ०७
बुधबार, ०४ असोज २०७४

काठमाडौँ– निर्वाचन आयोगले हिन्दु नेपालीहरुको महान चाड दशैंतिहार तथा छठ पर्व भए पनि राजनीतिक दलहरुलाई भोजभतेर गर्न रोक लगाएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निवाृचन हुने भएकाले भोजभतेर नगर्न राजनीतिक दल र संघ संस्थाहरुलाई आग्रह गरेको हो । 

आयोगले विजयादशमी, दीपावली तथा छठजस्ता हिन्दुहरूका महान् चाडहरूका अवसर पारेरपनि  राजनीतिक दलहरु तथा दलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेर नगर्न आग्रह गरेको हो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भन्दै आयोगले चाडबाडमा पनि भोजभतेर नगर्न भनेको हो । 

आयोगको उक्त निर्णयको जानकारी राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई दिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप