शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्षदेखि फरार अभियुक्त लमजुङमा यसरी परे पक्राउ

बुधबार, ०४ असोज २०७४, १८ : २५
बुधबार, ०४ असोज २०७४

वेसीशहर, (लमजुङ) – चालिस वर्षदेखि फरार अभियुक्तलाई लमजुङ प्रहरीले आज पक्राउ गरेको छ । राइनास नगरपालिका (साविक राइनास मोहोरियाकोट गाविस–४) का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । 

थापालाई २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेको अभियोगमा जिल्ला अदालत लजमजुङले कर्तव्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय फैसला गरेको थियो । अभियुक्तले सोही समयमा भोजबहादुरको साथबाट रु २६० लुटेर भिरबाट धकेलीदिएर फरार भएका थिए । 

थापालाई कर्तव्य ज्यान मुद्दामा २०३७ साल पुस ९ गते जिल्ला अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । त्यसबेला उनी सोही अदालतमा कार्यलय सहयोगी थिए । 

पक्राउपछि पूर्व फैसलाअनुसार थापालाई आजै जेल चलान गरिएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप