कतारी राजालाई अमेरिकी राष्ट्रपति ट्रम्पले किन भेटे ?
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको बताइएको छ ।
कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन् । उनीहरुले आफ्नो आकासमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुभएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच सो भेटवार्ता भएको बताइएको छ ।
भेटवार्ताका क्रममा कतारका राजाले आफ्नो देशमा लगाइएको नाकाबन्दीका साथै अन्य कूटनीतिक समस्याका कारण उत्पन्न भएको असहज परिस्थितिको बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समस्याको समाधान चाँडै हुने आश्वासन दिनुभएको बताइएको छ ।
कतारका राजा थानीले आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गर्नुभएको थियो ।
सो भेटका क्रममा अमेरिकाले जारी राखेको आतङ्कवादविरोधी अभियानमा कतारले पनि सघाउनुपर्नेमा जोड दिनुभएको र यस विषयमा दुवै देश मिलेर कामगर्ने विषयमा समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
गत जुन महिनाको ५ तारिखदेखि साउदी अरेबिया नेतृत्वमा कतारका छिमेकी देशहरुले कतारलाई कूटनीतिक रुपमा एक्लाउने काम गरेका छन् । उनीहरुले कतारसँगको कूटनीतिक सम्बन्ध पनि एक पक्षीयरुपमा तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा