शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धम्की कि रियालिटीः राप्रपा प्रजातान्त्रिकका ६ सांसदले राजिनामा देलान् ?

बुधबार, ०४ असोज २०७४, १७ : ५७
बुधबार, ०४ असोज २०७४

काठमाडौं– पशुपतिशम्शेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकका ६ जना सांसद र एक दर्जन केन्द्रीय सदस्यले पार्टी परित्याग गर्ने अन्तिम तयारी गरेका छन् । 

पार्टी अध्यक्ष राणाले राप्रपा नेपाल पृष्ठभूमिबाट आएका सांसद र केन्द्रीय सदस्यहरुलाई वेवास्ता गरेपछि उनीहरुले सांसद पदबाटै राजीनामा दिने तयारी थालेका हुन् । 

राप्रपा श्रोतका अनुसार अध्यक्ष राणले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै उनीहरुले राजिनमा दिन लागेका हुन् । राप्रपा प्रजातान्त्रिकका नेता सुरेश आचार्यले पार्टीमा असन्तुष्टि चुलिएको सत्य भएको भन्दै केही सांसद र केन्द्रीय सदस्यहरुले राजीनामा दिने तयारी गरेको आफूले पनि सुनेको बताए । 

असन्तुष्ट मध्येका विराज विष्ट, रेशम लामा र कमला शर्मा बर्तमान सरकारमा राज्यमन्त्री भइसकेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप