शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसलाई आदिवासीको ठूलो सहयोग छः रामचन्द्र पौडेल

बुधबार, ०४ असोज २०७४, १७ : ५०
बुधबार, ०४ असोज २०७४

काठमाडांै– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सवैको पार्टी भएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति संघले पार्टी कार्यलय सानेपामा गरेको दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई संवोधन गर्दै पोडेलले नेपाली कांग्रेसमा नेपालका आदिवासी जनजातीको ठुलो योगदान रहेको बताए । 

उनले मुलुक संविधान कार्यन्वयनको दिशामा अघि बढेकाले अबको प्रादेशिक चुनावमा कांग्रेसलाई अघि बढाउन पनि आदिवासी जनजातिको भूमिका महत्वपुर्ण हुने बताए ।

नेता पौडेलले नेपालमा रहेका आदिवासी जनजातिको विकासकालागि सरकारले आदिवासी जनजाति प्रतिष्ठान कांग्रेसले नै स्थापना गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप