नेप्से परिसूचक ३.८९ अंकले घट्यो
बुधबार, ०४ असोज २०७४, १७ : ४६
काठमाडौं– नेपालको नेप्से परिसूचक बुधबार पनि ३.८९ अंकले घटेको छ । एक सय ५८ कम्पनीको १० लाख १७ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्रि भएको बुधबार ५४ करोड २४ लाख ४४ हजार ७ सय ९० रुपैयाँको कारोवार भएको छ ।
बुधबार अधिकांश समूहको सूचक रातो भएका छन् । बैकिङ समूहको सूचक ५.७२ अंकले घटेको होटल समूहको सूचक ७.४९, विकास बैंक समूहको सूचक ६.८४, जलविद्युत समूहको सूचक ४.०५ र बीमा समुहको सूचक २१.१२ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
ट्रेडिङ सूचक २२.८, फाइनान्स समूहको सूचक १.१५ र अन्य समूहको सूचक ६.३६ अंकले घटेको छ ।