फष्टलुकमा यस्तो देखियो ‘बिन्दास लाइफ’
बुधबार, ०४ असोज २०७४, १७ : ४२
काठमाडौं – २१ पुसबाट सार्वजनिक प्रदर्शनमा आउँने चलचित्र ‘बिन्दास लाइफ’का फष्टलुक सार्वजनिक गरिएको छ । पोष्टरका तीन फरक डिजाइन निर्माण युनिटले फष्टलुकका रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुकको एक पोष्टरमा अभिनेत्री सपना लामिछाने निकै हट अवतारमा देखिएकी छन् । बाँकी दुईमा चलचित्रका हिरोका साथ उनी सामान्य अवतारमा देखिएकी छन् ।
राजु गिरीले निर्देशन गरेको चलचित्रमा प्रथम खड्का, चिरन अधिकारी साथै सपना लामिछानको मुख्य भुमिका रहेको छ । चलचित्रको केही पहिले टिजर र गीत सार्वजनिक भएको थियो । दुबै दर्शकको रोजाइमा पर्न सफल भएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र यो चलचित्र अहिले प्राबिधिक कार्यको अन्तिम चरणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)