बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश र प्रतिनिधिसभा चुनावमा गोरखा माओवादीको लालकिल्ला बन्छः प्रचण्ड

बुधबार, ०४ असोज २०७४, १७ : ३६
बुधबार, ०४ असोज २०७४

गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा जिल्ला लालकिल्ला बन्ने दाबी गरेका छन् ।  स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेसले भन्दा ३५ सय मत मात्रै कम ल्याएको भन्दै अहिले जनताले माओवादीको महत्व बुझेकाले लालकिल्ला बनिछाड्ने बताए । 

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा  लालकिल्लाको रुपमा  दहरिएपनि स्थानीय तह निर्वाचनमा धक्का खान पुगेको सन्दर्भमा प्रचण्डले आगामी चुनावमा माओवादी पुरानै अवस्थामा फर्किने दाबी गरेका हुन्  ।
 
गोरखाको १० किलोमा बुधबार आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘स्थानीय तह निर्वाचनमा  जितिन्छ भन्ने साथीहरुको रिपोर्ट थियो । त्यही लागेर गोरखामा मेरो त्यति ध्यान गएन । अबको चुनावमा गोरखामा मेरो विशेष ध्यान रहन्छ । गोरखालाई  लालकिल्ला बनाउन कसैले रोक्न सक्दैन ।’
 
उनले व्यक्तिले पार्टी उपयोग गर्दा हार्न पुगेको भन्दै  सच्चिन जरुरी रहेको समेत बताए ।  
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले समेत गोरखाबाटै चुनाव लड्ने बताएको बेला प्रचण्डले माओवादीलाई जित्न कसैले रोक्न नसक्ने बताए । उनले नेता नारायणकाजी श्रेष्ठले बाबुरामसँग प्रतिष्पर्धा गर्ने समेत संकेत गरे । 

बाबुरामसँग कार्यगत एकता समेत हुन नसक्ने भन्दै उनले माओवादी गोरखामा एक्लै लड्न सक्षम भएको समेत बताए । बाबुरामलाई जनताले नपत्याएको तर्क गर्दै प्रचण्डले भने, ‘नयाँ शक्तिको लाइनमा कुनै स्पष्टता छैन । बाबुराम नयाँ शक्ति थिए  भने २४ हजार माओवादी भोट आउँदैनथ्यो । बाबुरामजीकै आउनुपर्ने ।’
उनले विप्लव र   मोहन वैद्यले बाटो बिराएको भन्दै उनीहरु माओवादीमै फर्किनुको विकल्प नभएको समेत बताए । 
प्रशिक्षण कार्याक्रममा प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देब गुरुङ, देबेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप