शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पक्राउ परेकी अर्चना पनेरु रिहा, आमा सुनीतालाई सार्वजनिक मुद्दा

बुधबार, ०४ असोज २०७४, १७ : २३
बुधबार, ०४ असोज २०७४

काठमाडौं – पोर्न स्टार बन्ने लक्ष्य लिएकी अभिनेत्री तथा मोडल अर्चना पनेरु फेरि पक्राउ परेकी छन् । उनलाई महानगरीय प्रहरी बृत गोंगबुले मंगलबार राती गोंगबुकै एक डान्सबारबाट पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर अश्लिलता प्रदर्शन गर्दे डान्सबारमा होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीसँगै सोही अपराधमा उनकी आमा सुनीता समेत पक्राउ परेकी छन् ।

पनेरुका आमाछोरीलाई रातभर गोंगबु प्रहरी कार्यलयमा राखिएको थियो । महानगरिय प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका एसपी ओमबिक्रम राणाले अर्चनालाई अबदेखि यस्तो काममा नलाग्ने चेतावनी दिँदै छोडिएको र उनी आमा सुनितालाई सार्वजनिक मुद्दा लगाइ कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

अर्चना यस अगाडि आमासहित नग्न तस्बिर सार्वजनिक गर्दा कन्चनपुर र अनुमतिबिना अश्लिल चलचित्र छायांङ्कन गरेको आरोपमा पोखराबाट पक्राउ परेकी थिइन् । 
पोर्न स्टार बन्छु भन्दै नग्न तस्बिर सार्वजनिक गरेपछि मिडियाको नजरमा परेकी अर्चनाले छेस्को र जिस्म लगायत केही चलचित्र अभिनय गरेकी छन् । निर्माणको समयमा चर्चा कमाएका यी चलचित्रले सार्वजनिक प्रदर्शनबाट भने लाभ उठाउन सकेनन् ।

केही म्युजिक भिडियोसमेत अभिनय गरेकी पनेरु अभिनयमा काम बिहिन भएपछि गोंगबुको एक डान्स बारमा बारडान्सरको रुपमा काम गर्दै आएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप