सिरहामा एमालेको किल्ला भत्कायो माओवादी केन्द्रले
सिरहा–एमालेले आफ्नो किल्ला भन्दै आएको सिरहाको गोलबजार नगारपालिका वडानम्बर २ लालपुरमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । यसअघिका संविधानसभाको दुवै निर्वाचनमा एमालेको बर्चस्व रहेको लालपुरमा यो पटकको स्थानीय तहको निर्वाचनमा भने माओवादी केन्द्रले हत्याएको हो ।
गोलबजार नगारपालिकाको सम्पूर्ण मतलाई नै प्रभावित पार्ने गरी नेकपा एमाले मत ल्याउने दावी गरेको यो वडामा माओवादी केन्द्रले विजयहासिल गरेपछि एमाले कार्यकर्ता निरास भएका छन् । एक हजार आठसय ९१ मतमध्ये एक हजार ५० भन्दा बढी मत आउने दावी गरेको एमालेले वडा अध्यक्ष नै गुमाउनु परेपछि निराश भएका हुन् । गोलबजार २ नम्वर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका लक्ष्मण साहले ७६४ र नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले ७६१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ घोषणा भएलगत्तै साह पक्षधरले विजय रयाली निकालेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार गोलबजार नगारपालीकाका २ वटा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ १ नम्वर वडामा माओवादी केन्द्रका देवलाल थापा विजयी भएका छन् । गणना भईरहेका ३ र ४ नम्वर वडामा पनि नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।
मुख्य पदमा पनि यो नगारपालीकामा नेकपा माओवादी केन्द्रको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह