बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोबाइल किन्ने सोच्दै हुनुहुन्छ ? : दशैँ तिहारमा मोबाइल किन्दा अफरैअफर

बुधबार, ०४ असोज २०७४, १६ : ५४
बुधबार, ०४ असोज २०७४

काठमाडौं–चाडवाडको अवसर पारेर यतिवेला थुप्रै मोवाइल हाउस र कम्पनीले ग्राहकका लागि विभिन्न उपहार योजना सञ्चालन गरेका छन् । दशैं, तिहारको अवसरमा आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले मोवाइल कम्पनीले यस्ता अफर सञ्चालन गरेका हुन् । 

मोवाइल हाउस र कम्पनीले दिएका अफरमा ग्राहकको आकर्षण समेत उत्तिकै देखिएको छ । अन्य समयको भन्दा कम मूल्यमा मोवाइल खरिद गर्न पाउने तथा हात खाली नहुने देखि बम्पमा विभिन्न आकर्षक उपहार पाइने भएकाले पनि ग्राहकको भीड मोवाइल हाउसमा बढ्दै गएको छ । 

दशैं, तिहारकै अवसर पारेर यतिवेला काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गर्न सकिने सुविधा रहेको छ । 

केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने जनाइएको छ । मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । यस्तै, मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल छन् । अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजनासँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको आयोजकले जनाएको छ ।

केएल मोबाइल हव सञ्चालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । 

यस्तै राजधानी अतिव्यस्त न्युरोड स्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल मेला लागको छ । मोबाइल मेलामा लक्की ड्र मार्फत स्मार्ट फोन, पावर बैंक, ब्लुतुथ हेडफोन पाइने जनाइएको छ । 

मेला अवभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ,  लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनको कारोबारमा छुटको व्यवस्था गरेको जनाइएको छ । 

बम्पर उपहार स्वरुप मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने जनाइएको छ । यस्तै,  एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने पनि कम्प्लेक्सले जनाएको छ । 

यस्तै, नेपालको सबैभन्दा पुरानो र विश्वसनिय मोबाइल बजारको रुपमा परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना सार्वजनिक गरेको हो । यो योजना अन्र्तगत दशैं, तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकलाई बम्पर पुरस्कारमा चारवटा मोटर बाईक दिने जनाइएको छ । 

बजारले मोबाइल खरिद गर्ने ग्राहकलाई लक्की ड्रको माध्यमबाट अपाचे आरटिआर १६० बाईक एउटा, टिभिएस स्ट्राइकर बाईक दुईवटा र वेगो स्कूटर एउटा बम्पर पुरस्कारमा दिने छ ।

त्यसैगरि मोबाइल खरिद गर्ने ग्राहकलाई ३ वटा माउन्टेन बाईक र एक÷एक वटा टिभी तथा रेफ्रिजेरेटर पुरस्कारमा दिने जनाइएको छ । यस्त, ग्राहकलाई विभिन्न ब्राण्डका १० वटा उत्कृष्ट स्मार्टफोन पनि लक्की ड्रको माध्यमबाट पुरस्कार स्वरुप प्रदान गरिने जनाइएको छ ।

असोज ४ गते बुधवारदेखि शुरु हुने यो योजना छठसम्म संचालन हुनेछ । यस अवधिभर हरेक मोबाइलको खरिदमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको नगद छुट समेत पाउनेछन् ।

त्यसैगरि प्रत्येक दिन ग्राहकहरुले अनपेक्षित उपहारमा दैनिकरुपमा २० जनालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ । बजारले ल्याएको योजनाका साथमा विभिन्न मोबाइल कम्पनीहरुले दिने अफर पनि एकैसाथ प्राप्त गर्न सकिने जनाइएको छ ।

पाको मोबाइल बजारमा न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गर्न सकिने बजाले जनाएको छ । 

एप्पल वल्र्डमा ‘अफर भित्र पनि मेगा अफर’ योजना
काठमाडौं–दसैं र तिहारको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले ग्राहक लक्षित ‘अफर भित्रपनि मेगा अफर’को योजना ल्याएको छ । 

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने जनाइएको छ । सुनचाँदीको सिक्कापनि उपहार पाउन सक्ने जनाइएको छ । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आरवानफाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने जनाइएको छ । 

एप्पल वल्र्ड मोबाइलमा मोबाइल एक्सचेन्ज गरि ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत ग्राहकले पाउने जनाइएको छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहार प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

मोवाइल कम्पनीको दशैं अफर

सिटिभी मोबाइल 

यस्तै विभिन्न मोवाइल कम्पनीले पनि दशैं, तिहारको उपलक्ष्यमा छुट सहित विभिन्न अफ ल्याएका छन् । सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार योजना ल्याएको छ । 

ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको हो । 

दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकले ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने छन् । हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको जनाइएको छ । 

दशैं देखि तिहारसम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकले ६ देखि ६० प्रतिशत सम्म छुटमा मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल एक्सचेन्जसँगै ६० मिनेटको फेस टु फेस मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए ।

बिश्व बजारमा पाइने सबै ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको सिटिभी मोबाइलले हरेक बर्ष दशैं र तिहारको अबसर पारी बिभिन्न उपहार र बम्पर उपहार योजना ल्याउने गरेको छ । ।

माइक्रोम्याक्स 

माइक्रोम्याक्सले ग्राण्ड फेस्ट अफर अभियान दशैं र तिहारको उत्सवमय अवसर पारेर सार्बजनिक गरेको छ । यो अभियान ‘बाइकको राइड–दुबईको फ्लाईट, (अन्य उपहारले जिन्दगी ब्राइट)’ मुल नारासहित आएको छ । 

यो अभियान भदौ ५ गतेदेखि शुरु भएर कार्तिक १० गते सम्पन्न चल्ने जनाइएको छ । यो उत्सवमय मौसममा, ग्राहकले माइक्रोम्याक्स स्मार्ट फोन खरिद गर्दा स्क्रयाच कार्ड मार्फत स्योर सट डिस्काउन्ट प्राप्त गर्ने जनाइएको छ । ग्राहकले हरेक माइक्रोम्याक्स स्मार्ट फोन खरिदमा कुपन स्क्र्याच गरेर तत्काल छुट प्राप्त गर्ने जनाइएको छ । 

स्क्र्याच कुपनमा भएको कोड नम्बर डिलर र ग्राहक दुबैसँग हुने र त्यसको आधारमा लक्की ड्रमा सहभागी गराईने छ । लक्की ड्रमार्फत बिजेताको छनौट गरेर नाम घोषणा गरिने जनाइएको छ । यो अभियान अन्तरगत बम्पर पुरस्कारमा १५५ सीसीको सुजुकी जीक्सर बाईक प्राप्त गर्न सक्ने जनाइएको छ । अन्य आकर्षक पुरस्कारहरुमा एक जोडीका लागि दुबई टूर प्याकेज, ८ वटा ब्राभोस एलईडी टिभीहरु र ८ वटा माइक्रोम्याक्स मोबाइलसेट छ । 

जिओनी 

चाडपर्वलाई ध्यानमा राखी जिओनीले यसपाली पुन ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना ल्याएको छ । आफ्ना ग्राहकहरुसँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक योजना ल्याइएको हो ।

योजना अनुसार प्रत्येक जियोनी मोबाइल सेट खरीद गर्ने ग्राहकले एउटा स्क््याच कार्ड प्राप्त गर्नेछन् । यस स्क््रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार , १२ जना ग्राहकले जिओनी मोवाइल सेट, वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन् । यो योजना अन्र्तगत, हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार पाउने छन् ।

‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजना काठमाडौँ उपत्यका भित्र भदौ २२ गते ( सेप्टेम्बर ७ तारिख ) देखि कात्र्तिक १० गते ( अक्टोवर २७, २०१७ ) तारिखसम्म कायम रहनेछ तथा सोही योजना काठमाडौँ उपत्यका बाहिर भदौ २५ गते ( सेप्टेम्बर १० तारिख ) देखि कात्र्तिक १० गते ( अक्टोवर २७, २०१७ ) तारिखसम्म कायम रहनेछ ।

मोबाइल बजारमा जियोनी अत्याधुनिक प्रविधिका साथै उच्चस्तरीय नयाँ विशेषता भैकन पनि अपेक्षाकृत सस्तो भएकाले नेपाली बजारमा  ग्राहकहरुले विक्रीको प्रारम्भ देखि नै रुचाउन थालेका छन् र छोटो अवधिमा नै माग उल्लेखनीय रुपमा बढेको छ । यसको स्टाईललाइ नेपालीहरुले रुचाएर नै धेरैको हातमा जिओनी देख्न पाइने जनाएको छ ।

आइफोन खरिदमा चाँदीको सिक्का 

जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले एप्पलको नेपालका लागि आधिकारिक रुपमा एप्पलका आधिकारिक उत्पादनहरु मात्र बजारमा बितरण गर्दै आएको छ । 
कम्पनीले दशैं तिहार अफरसमेत घोषणा गरेको छ । दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न जनाएको छ ।

दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुकोे खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्र मार्फत जित्न सक्नेछ भने यसका अतिरिक्त प्रत्येक आइफोन÷म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निशुल्क डिनर टिकट प्राप्त गर्न सक्ने  जनाएको छ । 

यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।


‘मि ए१’ मोवाइल 

नेपालका लागि साओमीका अधिकृत विक्रेता वत्सल इम्पेक्सले दशैको उपलक्ष्यमा ‘मि ए१’ बजारमा ल्याएको छ । दशै अफरको योजना सँगसगै बजारमा भित्रिएको मि ए १ मा ५.५ स्क्रिन अप्टिकल जुम डवल क्यामरा, फुल म्याटल वडी, ४ जीवी र्याम, ६४ जीवी रोम लगायत रहेको जनाइएको छ । 

यसको मूल्य सिमित अवसरलाई २९ हजार ९ सय ९९ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ । साथै तिहार लक्षितउपहार योजनाको लाभ उठाउन सक्ने जनाइएको छ । अनलाइन वुकिङ्गको लागि कम्पनीको आधिकारिक वेवसाइट तथा विक्रेतामा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
 
सामसुङ ग्यालेक्सी 
सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल दशैंतिहारको अवसर पारेर बजारमा सार्वजनिक भएको हो । 

सामसुङ ग्लेक्सी ८ मा भएको ठूलो स्क्रीनले धेरै देख्न, पढ्न र आफूलाई चाहिएको कुरा सहजै रुपमा पेनको सहायताले लेख्न सकिने जनाइएको छ । यसमा ६.३ इन्च डिस्प्ले छ । यसमा दुईवटा एप्स एकै पटक चलाउन सकिने सुविधा पनि रहेको जनाइएको छ । अनलक नगरी फोनमा भएका नोटिफिकेसन हेर्न सकिने र यो ग्यालेक्सी नोट ८मा सुधारिएको जनाइएको छ । 

यस्तै स्क्रिन अफ मेमोले एक सय पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिने, ७१ वटा भाषा तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिने र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिने सुविधा छ । 

सामसुङले हालसम्मकै शक्तिशाली क्यामरा आफ्नो यो नोट फोनमा ल्याएको छ । १२ मेगा पिक्सलका दुई वटा क्यामरा लेन्स यसमा रहेका छन् । फोटो र भिडियोको लागि ओआइएस प्रविधी रहेको र मोबाइलको दुनियाँमा यस्तो फिचर पहिलो पटक ल्याइएको हो । 

यस्तै, डवल कम्प्युटर मोडको माध्यमले एकै पटकमा क्लोजप फोटो र टेलिफोटो लिन सकिने सुविधा रहेको छ । यो सँगै ग्यालेक्सी नोट ८ र एसपेन दुवै पानी र धुलो प्रतिरोधक विशेषता युक्त छन् । चाँडो रिचार्ज हुने वायरलेस चार्जरले सहज एवम् सुविधा जनक तरिकाबाट चार्ज गर्न सकिने जनाइएको छ । 

नेपालमा यसको बजार मूल्य एक लाख २ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यो नेपालमा असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ । यसको प्रि–बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसुङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने जनाइएको छ । 

ओप्पो ए७१ 

स्मार्टफोन ब्राण्डका रुपमा परिचित ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए७१ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्स सहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त फोन कम्पनीले मितब्बयी मूल्य श्रेणीमा दशैंको पूर्व सन्ध्यामा सार्वजनिक गरेको हो । 

ओक्टा–कोर सीपीयू, ३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० निर्धारण गरेको छ । नेपाली बजारमा रहेका प्रमुख विक्रि केन्द्र मार्फत फोनको गोल्ड कलर भर्जन सर्वत्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ओक्टा कोर प्रोशेसर र प्रयोगमैत्री अनुभव प्रदान गर्न केर्नल फञ्सन्सका साथै ओपो ए७१को फ्रण्ट क्यामेरामा ओप्पोको आधार मानिने फोटोग्राफी प्रविधि, ब्यूटीफाई फोर सहित जीवन्त तस्विर खिच्न परिस्कृत रियर क्यामेरापनि उपलब्ध गरिएको जनाइएको छ । साथै, फोनमा प्रयोग गरिएको पातलो मेटालिक यूनी बडीले ओपो ए७१लाई निकै आकर्षक लुक्स प्रदान गरेको जनाइएको छ ।

ओपो ए७१मा कम्पनीले तिब्र कार्य सम्पादनका लागि ओक्टा–कोर सीपीयू र तीन जीबी ¥याम जडान गरेको छ । यसमा रहेको ६४ बिट ओक्टा कोर सीपीयूले सहज मल्टिटास्किङका साथै विभिन्न एप विच स्विच गर्दा सहजता समेत प्रदान गर्ने जनाइएको छ । फोनको १६ जीबी आन्तरिक सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्म बढाउन सकिने र यसमा ३ हजार एमएएच क्षमताको तिब्र गतिमा चार्ज हुने ब्याट्रीपनि उपलब्ध गरिएको जनाइएको छ । 

मोवाइल सेन्टर सञ्चालनमा
राजधानीको सुन्धारा स्थित सिभिल मलको चौथो तलामा लि मोवी केयर, जाइमा इन्टरनेशनल प्रालिको लागि अतिरिक्त सहायक कुलप्याड स्मार्ट फोन र ओटो फोनको पहिलो आधिकाकि सर्भिस सेन्टर सञ्चालनमा आएको छ । 

यसले कुनैपनि देशवाट खरिद गरेको पीडीई कस्टुमरलाई सर्भिस दिने जनाएको छ । दशैंको अवस पारेर यो कम्पनी सुरु भएको हो । 

कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठले यो सेन्टरको उद्घाटन गरेका हुन् । यहाँ कुलप्याड प्रयोगकर्ताका लागि ९० दिनको निःशुल्क सेवा र ओटो फोनका प्रयोगकर्ताले ४५ दिनको निःशुल्क सेवा पाउने जनाइएको छ । 


ट्रान्सन होल्डिङ्ग नयाँ ब्रान्ड 
मोबाइल उत्पादक तथा कम्युनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले दशैंको अवसरमा तीनवटा नयाँ ब्रान्ड नेपाली मोबाइल बजारमा भित्र्याएको छ । कम्पनीले टेक्नो, आइटेल र ओराईमो ब्रान्ड ट्रान्सन होल्डिङ्गको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्वारा विक्री हुने जनाएको छ । 

कम्पनीका अनुसार आइराइमो मोबाइलमा १२ महिनाको वारेण्टी साथै टेक्नोमा तेह् महिना र आइटेलमा १२ महिनाको वारेण्टी बाहेक अत्याधुनिक सेवा स्वरुप एक सय  दिनसम्म सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत छ । यी नयाँ मोबाइलको उद्घाटनको क्रममा बोल्दै ट्रान्सन होल्डिङ्ग नेपालका मुख्य प्रबन्ध निर्देशक मार्को माले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना रहेको कुरा बताए । 

साथै उनले ग्राहकको समयअनुसारको मागलाई अझै पनि पुरा गर्न नसकिएको अवस्थामा यी तीन मोवाइल लन्च गरेर ग्राहकको चाहनालाई परिपूर्ति गर्ने र ग्राहकलाई विशिष्ट एवं अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए । महालक्ष्मी मोबाइलका जनरल म्यानेजर सन्तोष भण्डारीले यो एउटा महत्वपूर्ण शुरुवात भएको बताए । ट्रान्सन होल्डिङ्गको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ । 

सिजीका नयाँ मोवाइल 
 

सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा दुई वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान् सार्वजनिक गरेको छ । दशैं तिहारको अवसर पारेर यो सार्वजनिक भएको हो । 

सिजी मोबाईलले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको जनाइएको छ । मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्कमै पाउन सकिने कम्पनीले जनाएको छ । 

सिजी मोबाईल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले दुई नयाँ मोबाइल सेट सार्वजनिक भएको र यसमा नयाँ प्रयोग भएको बताए । मोबाईलको ब्याट्रीका साथसाथै स्मार्ट फिचर समावेश रहेको र सस्तो पनि रहेको बताए । उनले एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान्ले ग्राहकको मन जित्ने विश्वास गरको बताए । 

मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीले बताएको छ । अडियो ज्याक, मोबाइल स्क्रिन पनि अपडेटेड प्रविधिमा आधारित रहेको सीजी मोबाइल्सको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप