शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा विवाद :  ३२ नम्बर वडाको मतगणना स्थगित

बुधबार, ०४ असोज २०७४, १६ : ३१
बुधबार, ०४ असोज २०७४

पर्सा । वीरगञ्ज महानगरपालिका अन्तर्गत वडानम्बर ३२ को मतगणना रोकिएको छ । मत गणनाका क्रममा ६ वटा मतपत्र छाप नलगाएका भेटिएपछि प्रतिनिधिहरुबीच बिबाद भएर गणना रोकिएको हो । 

अहिले मतगणनास्थल ठाकुराम बहुमुखि क्याम्पसमा दलका प्रतिनिधिहरुले नारावाजी गरिहरेका छन् । 

मतगणनास्थलमा हो हल्ला र नारावाजी भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । 

सो वडामा जम्मा ४४७६ मतदाता रहेका थिए ।  ३२ वडाबाहेक अन्य वडाको भने मतगणना जारी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप