शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा भर्ना हुन पाँच हजार जनाको आवदेन

बुधबार, ०४ असोज २०७४, १६ : ३०
बुधबार, ०४ असोज २०७४

भीमदत्तनगर - जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौवटा जिल्लाबाट पाँच हजार २५८ जनाले आवेदन दिएका छन् । 

सबैभन्दा बढी कैलालीबाट एक हजार ३९९ महिला तथा पुरुषले दर्खास्त दिएका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलका प्रहरी नायब उपरीक्षक शंकरदत्त भट्टका अनुसार कञ्चनपुरमा ८४४, डडेल्धुरामा ३०१, बैतडीमा ४०९, दार्चुलामा ४५०, बझाङमा ३६६, बाजुरामा ५५३, अछाममा ३८६, डोटीमा ९७ र तालिम केन्द्र दीपायलमा ६४५ जनाले आवदेन दिएका छन् । 

आवेदन दिनेमा महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर छ । सात सय ६७ जनाका लागि भर्ना खोलिएको हो । यसअघि जवान भर्नाका लागि आवदेन दिएकामध्ये सुदूरपश्चिमबाट दुई हजार ८३३ जनाले लिखित परीक्षा दिइसकेका छन् । अघिल्लो पटक तीन हजार ९४९ जनाको आवेदन परेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप