शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा टेलिकमको आकर्षक अफरै अफर

बुधबार, ०४ असोज २०७४, १६ : २७
बुधबार, ०४ असोज २०७४

काठमाडौं–नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ । टेलिकमले विगत बर्षमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न छुटसहितका अफर योजना सार्वजनिक गरेको हो । 

यस्ता छन् अफर

रिचार्जमा बोनस :  जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गतेसम्म ५०, १००, २००, ५०० र १००० का रिचार्ज कार्डमा  १० प्रतिशत बोनस उपलब्ध गराएको टेलिकमले जनाएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

युट्युब डाटा प्याकेज : जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा  युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुने र  यो प्याकेज असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने जनाइएको छ ।

कम्बो प्याकेज : जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने कम्पनीले जनाएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । 
५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

भ्वाइस प्याकेज : जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने जनाइएको  । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुने र ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यो प्याकेज असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

पिएसटीएन, सी फोन सेवामा बोनस : पिएसटीएन, सी फोन सेवाका ग्राहकलाई न्युनतम मासिक महसुल २ सयमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा एक –एक स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप