बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

८८ किलो सुन तस्करी प्रकरण : थप ५ जना पक्राउ

बुधबार, ०४ असोज २०७४, १६ : २१
बुधबार, ०४ असोज २०७४

काठमाडौं– रसुवाको केरुङ नाका हुदै काठमाडौ भित्रिएको ८८ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । 
यसअघि प्रहरीले यो प्रकरणमा संलग्न तीन जना सवारी चालकलाई पक्राउ गरेको थियो ।
प्रहरीले बुधबार सुन तस्करीमा संलग्न कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका सुभरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रवि श्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र दिनकर सालुखेलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए । 
उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको एसएसपी लोहनीले जानकारी दिए । दुई साता अघि प्रहरीले काठमाडौको सोह्रखुट्टे नजिकैबाट ८८ किलो सुन र एक गाडी बरामद गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप