शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पञ्चेबाजा’को इन्डक्ल्याप

बुधबार, ०४ असोज २०७४, १६ : ०९
बुधबार, ०४ असोज २०७४

काठमाडौं – अभिनेता सौगात मल्ल अभिनित चलचित्र ‘पञ्चेबाजा’को  छायाँकन सकिएको छ । मंगलवार अनामनगर स्थिती मण्डला थिएटरमा चलचित्रको इन्डक्ल्याप दृश्य खिचिएको छ ।
इन्डक्ल्याप दृश्य अभिनेता सौगात मल्ल देशभक्त खनालले दिए ।दृश्य हेर्दा लाग्थ्यो चलचित्र गाउँको कथामा निर्माण भएको छ । 
घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रमा सौगातका अलावा कर्मा, जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
कार्यक्रममा निर्देशक लामिछानेले ‘पञ्चेबाजा’ कमेडी प्रधानचलचित्र रहेको बताए । उनले भने ’चलचित्रमा कर्मा र जस्मिनको प्रेममा सौगात भिलेनको रुपमा प्रस्तुत हुनेछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप