नेपाल किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
बुधबार, ०४ असोज २०७४, १६ : ०७
काठमाडौं–नेपाल किराना व्यवसायी संघको हालै सम्पन्न वार्षिक साधारण सभाले देवेन्द्र भक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
जसमा उपाध्यक्ष टंक प्रसाद शेरचन, महासचिव सुवास वजाज , सचिव ओम प्रकाश वंशल, कोषाध्यक्ष प्रकाशभाई पटेल, सहकोषाध्यक्ष दिपक कुमार फैजु रहेका छन् ।
यस्तै सदस्यहरुमा क्रमशः पवन कुमार अग्रवाल नरेश कुमार गोपाल, कृष्णकुमार कलवारशाह, विपिन गुप्ता, संजय अग्रवाल, प्रभात मिश्र, रविकुमार गुप्ता, राजेन्द्रभक्त श्रेष्ठ, राजकुमार गुप्ता, सतिष गुप्ता, मरोज कुमार गुप्ता , रामनारायण गुप्ता , सन्तोष खेतान, रामेश्वर फैजु रहेका छन् ।