शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेशमा छ यी दुई साइकलको चर्चा (फोटोफिचर)

बुधबार, ०४ असोज २०७४, १५ : ३२
बुधबार, ०४ असोज २०७४

जनकपुर । केही बर्ष अगाडिसम्म तराई–मधेशमा यातायातको प्रमुख साधन मानिथ्यो साइकल । साईकल चढ्नु रवाफ र प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्थ्यो । त्यसबेला साईकल बिरलैले मात्र चढ्ने गर्थे । तर, अहिले यो आम मानिसको साधन बनेको छ । 

रवाफ र प्रतिष्ठाका लागि नभएर यो दैनिक जीवनको पर्याय बनेको छ । तराई-मशेधका हरेक घरमा हुन्छन् साइकल । कसैको एउटा त कसैको त्यसभन्दा धेरै । तराई–मधेशमा साइकल जीवनशैली नै हो । धनी होस् वा गरिव, पुरुष होउन् वा महिला सबैसँग साइलक जोडिएर आउँछ ।

घण्टौं टाढाको विध्यालय आउन जान होस् वा बारिको साग, काउली  गाँउकै बजारसम्म लगेर बेच्न होस् साईकलले किसान देखि विद्यार्थीसम्म सबैको काममा सहजता ल्याउने गरेको छ । 

बाटो घाटो, पुल, कल्भर्ट लगायतका पूर्वाधार अभावले तराई मधेशका अधिकांश गाउँमा गाडीको आवत जावतमा समस्या छ ।  उनीहरुका लागि साईकल पजेरो हो । 

यति हुँदाहुँदै पनि पछिल्ला बर्षहरुमा गाडी र मोटरसाइकलले तराई(मधेशमा साइकलको चर्चा कम हुँदै जान थालेको थियो । तर, यो चुनावले फेरि तराई मधेशमा साइकलको चर्चा शिखरमा छ । चर्चा यसकारण कि, साइकललाई ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो चुनाव चिन्ह बनायो । राजेन्द्र महतोजस्ता नेताले साइकल चढेर चुनाव चिन्हको प्रचार गरे । साइलकमा छाप लगाउन भन्दै राजपाले खुवै प्रचार गर्यो । 

साइकलमै साइकलको झन्डा बोकेर चुनावी प्रचार गरियो । 

यसकारण अहिले दैनिक जीवनसँग जोडिएको साइकल जस्तै राजपाको साइकलको चर्चा छ । तर, दुई नम्वरको स्थानीय तहको चुनावी नतिजामा चाहीँ साइकल अलि पछाडि देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप