शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

बुधबार, ०४ असोज २०७४, १५ : २४
बुधबार, ०४ असोज २०७४

रुकुम -पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य हुनुभयो । 

सोही गाउँकी विरमी बुढाको दुई साताअघि पाँच वर्षकी छोरी बिरामी भएपछि स्वास्थ्यचौकी ल्याउँदा ती बालिकाको न उपचार भयो न त औषधि नै दिइयो । यस्तै समस्या यहाँ थुप्रैले व्यहोरी सकेका छन् । विगत दुई महिनादेखि यहाँको स्वास्थ्यचौकीमा सिटामोल र आइरन चक्कीजस्ता सामान्य औषधि समेत छैन । दैनिक आउने गाउँका बिरामीले स्वास्थ्यचौकीबाट रत्तो हात फर्कन बाध्य हुनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जनाएका छन् । 

अन्य गाउँका स्वास्थ्य चौकीमा अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्की लगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आफू गर्भवती भएको छ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको स्यादाखदीकी २८ वर्षीया पविता यरीले बताउनुभयो । आफूलाई गर्भवती भएपछि आइरन चक्की सेवन गर्नुपर्छ भन्ने कुरा थाहा भए पनि स्वास्थ्य चौकीमा यस्ता औषधि नभएपछि खान नपाएकोे उहाँको गुनासो थियो । 

“स्वास्थ्य चौकी आउँछु, आइरन चक्की छैन, गर्भवती भएको छ महिनासम्म पनि आइरन खाएको छैन”, यरीले भन्नुभयो, “चिकित्सकले गर्भवती हुँदा आइरन चक्की नीयमित सेवन गर्नुपर्छ भन्छन् तर स्वास्थ्य चौकीमा जाँदा छैन भन्छन् अनि कसरी रु” उहाँले थप्नुभयो, “सकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि नै पाइन छोड्यो, गाउँमा मेडिकल पनि छैन अब कहाँबाट औषधि ल्याउने ।” 

स्वास्थ्य संस्थामा सामान्य खालका औषधि पनि अभाव हँुदा उपचारमा समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप