बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियताको र लोकतन्त्रको सुदृढीकरणका लागि प्रतिबद्ध छाँै: अध्यक्ष राणा

बुधबार, ०४ असोज २०७४, १५ : १८
बुधबार, ०४ असोज २०७४

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभएको छ । 
पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष राणाले विभिन्न शक्तिका बढ्दै गएको हस्तक्षेपले सामाजिक सद्भाव कचमचिएको र राष्ट्रिय एकता संकटमा परेको अहिलेको अवस्थामा देशमा राजनीतिक स्थिरता, समन्वयात्मक सम्बन्धको खाँचो औँल्याउनुभयो । 

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावपछि मुलुकमा विकास र जनताको समृद्धि कायम गर्न सकिने बताउँदै उहाँले भन्नुभयो–‘‘मुलुकमा दिगो शान्ति र निर्वाचनको सुनिश्चितताका लागि राप्रपा ९प्रजातान्त्रिक० सरकारमा सहभागी भएको छ ।” 

संविधानअनुसार चुनाव सम्पन्न भएपछि लोकतन्त्रको सुदृढीकरण भई जनताको समृद्धिको चाहनालाई मूल लक्ष्यका साथ पूरा गर्न सकिने उहाँको भनाइ थियो । 

अध्यक्ष राणाले पार्टीले वैचारिक रुपमा निकट रहेका दलसँग सहकार्य गरी आगामी चुनावमा सहभागी हुने जानकारी दिँदै पार्टी सैद्धान्तिक रुपमा नजिक अन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य गरिरहेको बताउनुभयो । 

उहाँले विगतमा एकता अधिवेशन भएपछि चुनाव चिन्ह हलो राख्ने सहमति भएकामा त्यो पूरा हुन नसकेको, विधानमा व्यवस्था गरिएको निर्देशन समिति गठन नभएकालगायत कारणले पार्टी विभाजन हुन पुगेको जानकारी गराउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप