शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङका कर्मचारी शुभकामना आदान प्रदानमा व्यस्त

बुधबार, ०४ असोज २०७४, १५ : १४
बुधबार, ०४ असोज २०७४

बेशिसहर– लमजुङका सरकारी कर्मचारीहरुले वडा दशै तथा दिपावलीको शुभकामना आदानप्रदान गरेका छन् । राष्ट्रिय निजामति कर्मचारी संगठन लमजुङको आयोजनमा बुधबार बेसीशहरमा भएको कार्यक्रममा जिल्लास्थित सम्पुर्ण कार्यलयका कार्यलय प्रमुख, राजनैतिक दल, संचारकर्मी पेशागत संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा सासंद लाल बहादुर गुरुङले नेपालीहरुको नजिकिरहेको चाडबाडसँगै संबिधान कार्यन्वयन भएको बर्षगाँठको अबसरमा शुभकामना ब्यक्त गरेका थिए । उनले धेरै संघर्ष पश्चात नेपाली जनताले संबिधान पाएको, संबिधान कार्यन्वयन भएर स्थानीय निकायको चुनाव सकिएको तथा प्रदेश चुनावको मिति समेत तय भैसकेकाले अव मुलुक मम्बृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप