शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु पहिलो गल्तीः माधव नेपाल

बुधबार, ०४ असोज २०७४, १५ : ११
बुधबार, ०४ असोज २०७४

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नबनाउनु एमालेको गल्ती भएको बताएका छन् ।
 बुधबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाती माहासंघको ३ नं प्रदेशको राजधानीमा भएको कार्यक्रममा नेता नेपालले प्रचण्डलाई प्रम नबनाउनु पहिलो गल्ती र तत्काल सरकार छोड्नु दोस्रो गल्ती भएको बताएका हुन् । 
उनले अहिले एमाले सरकारमा भएकोभए २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा ५० प्रतिशत स्थानीय तह जित्ने भन्दै त्यहि गल्तीले अब २५ देखि ३० प्रतिशतमा खुम्चनुपर्ने अवस्था आएको बताए ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनीहरुले गरेको आर्थिक चलखेलको हिसावकिताव नै नभएको टिप्पणी गरे । एमालेले विश्वास गरेकाहरुले नै धोका दिएको नेता नेपालको भनाई थियो । 
‘रामचन्द्र झा,अशोक राई, उर्मिला अर्याल लगायतलाई एमालेले बिश्वास गरेपनि उनिहरुले धोका दिएर पार्टी छोडेका छन् तर उनिहरु आफ्नै बुद्धिले नभई अरुको इशारामा हिंडेको प्रष्ट भएको छ अहिले पछुताउँदै छन् ।’ 
पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेमा विचारमा समस्यानभएको भन्दै नेतृत्वमा केही समस्या रहेको स्वीकार गरे । ०६ सालमा कम्युनिष्ट पार्टी गठन गर्दा जातीयतको कुरा कसैले नउठाएको भन्दै अहिले जातियताको कुरा चर्काएर आरक्षणको खोजीमा लाग्नेहरुको संख्या बढेको नेपालको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप