शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओरियन्ट वेलको आधिकारिक सोरुम नेपालमा

बुधबार, ०४ असोज २०७४, १५ : ०८
बुधबार, ०४ असोज २०७४

काठमाडौं–भारतमा प्रख्यात टायल कम्पनी ओरियन्ट वेल लिमिटेडले नेपालमा आफ्नो आधिकारिक सोरुम (वुटिक) औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुनेमा ओरियन्ट वेलको सोरुम उद्घाटन भएको हो ।
भारतीय कम्पनी ओरियन्ट वेलका कार्यकारी निर्देशक (एमडी) मधुर डागाले यो वुटिकको हालै उद्घाटन गरेका हुन् । २० बर्ष अगाडीवाटै यो कम्पनीका टायल नेपालमा विक्रि भइरहेको भएपनि सोरुम (वुटिक) भने स्थापना भएको थिएन । 
कम्पनीका नेपाल स्थित रिजनल म्यानेजर अमित कुमारले लामो समयदेखि यो कम्पनीका टायल नेपालमा विक्रि भइरहेको भएपनि औपचारिक रुपमा वुटिक भने सोमबारवाट सञ्चालनमा ल्याइएको बताए । यसअघि तीनकुने स्थित नेपाल मार्वल हाउसले डिलरका रुपमा सो कम्पनीका उत्पादन विक्रि गर्दै आएको उनले बताए । अव सोही डिलरलाई वुटिकमा परिणत गरिएको जनाइएको छ । 


यो कम्पनीले आफ्ना उत्पादन भारतको उत्तर प्रदेशस्थित सिकन्दरावाद, गुजरातको डोरा, मोरभी र वैङलोरको हाँसकोटेवाट पनि विक्रि गर्ने गरेको जनाएको छ । टायल उत्पादनका हिसावले यो कम्पनी भारतमा प्रख्यात रहेको एमडी डागाले बताए । ‘नेपालमा हाम्रा उत्पादनको आधिकारिक वुटिक स्थापना गर्न पाउँदा निक्कै खुसी छौ’, एमडी डागाले भने, ‘यसले नेपाली उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरिय उत्पादन उपलब्ध गराउन सहज हुनेछ ।’ 
वुटिक उद्घाटनका लागि कम्पनीका जनरल म्यानेजर दिपककुमार वर्मा, असिस्टेन्ट जिएम मोनिका नेहाल पनि नेपाल आएका छन् । नेपालमा यो कम्पनीका उत्पादन उपभोक्ताको रोजाइमा पर्ने गरेको पनि डिल सञ्चालकले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप