शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा कोरोना संक्रमणका कारण ७३ वर्षीय वृद्धको मृत्यु

शुक्रबार, २१ कात्तिक २०७७, १० : ०५
शुक्रबार, २१ कात्तिक २०७७

कैलाली – कैलालीमा ७३ वर्षीय एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

कैलालीको गौरीगंगा नगरपागिका ३ का ७३ वर्षीय सो पुरुषको आज बिहान सेतीप्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

कडा निमोनियाका कारण यहि १२ गते जर्नल आईसियूमा भर्ना गरी उपचार भईरहेको र उनलाई कोरोना परिक्षण गर्दा १७ गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

उनलाई कोरोना पुष्टि भएपछि आईसियूमा राखेर उपचार हँुदै थियो र आज ६ बजेर ३२ मिनेटमा मृत्यु भएको उनले बताए ।

शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने उनले बताए ।

मृतक व्यक्ति गौरीगंगानगरपालीका वडा नं ३ का वडा अध्यक्ष र नगरपालिकाका प्रवक्तासमेत रहेको गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाले जानकारी दिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप