बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ अपडेट : राजपाले एक तह जित्दा कुन पार्टीको अवस्था कस्तो ?

बुधबार, ०४ असोज २०७४, १४ : ४५
बुधबार, ०४ असोज २०७४

काठमाडौं– प्रदेश नम्बर २ को १३५ स्थानीय तहको मतगणना जारी रहँदा राजपा नेपालले एक स्थानीय तह जितेको छ । राजपाले धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयर पद जितेको हो । यस्तै राजपाले १६ स्थानमा अग्रता हासिल गरेको छ । 


हालसम्म अग्रताको हिसावले  नेपाली कांग्रेस अन्य दल भन्दा अघि छ । त्यस्तै एमाले, संघीयसमाजबादी फोरम र राजपाबीच कडा प्रतिश्पर्धा देखिएको छ । मतगणना जारी रहेका स्थानीय तहको मत गणनामा नेपाली कांग्रेसले  ३८ स्थानीय तहमा  अग्रता लिदा संघीयसमाजवादी फोरमले २४ स्थानमा अग्रता लिएर कांग्रेसलाई चुनौति दिइरहेको छ ।

सुरुवाती चरणमा दोस्रो स्थानमा रहेको एमाले, बुधबार अपरान्ह वित्दा तेस्रो स्थानमा पुगेको छ । कांग्रेसको ३८ स्थानमा अग्रता हुँदा एमाले २० स्थानमा मात्र अगाडि छ । त्यस्तै राजपा र माओवादीले पनि एमालेलाई कडा टक्कर दिइरहेका छन् । माओवादी केन्द्रले १९ वटा स्थानीय तहमा अग्रता लिँदा राजपाले १६ स्थानमा अग्रता लिइरहेको हो । 
२ नम्बर प्रदेशको एकमात्र बीरगञ्ज महानगरपालिका र २ नम्बरको प्रस्तावित राजधानी समेत मानिएको जनकपुर उपमहानगरमा राजपाले लिएको अग्रता कायमै छ ।

यद्यपी वीरगञ्जमा झिनो मतान्तरको मात्रै फरक छ । यी दुवै स्थानीय तहमा कांग्रेसले जित्ने दावी गर्दै आएको थियो । जनकपुरमा राजपाका उम्मेदवारले १५५१ मत ल्याउदा कांग्रेसले ७७४ मत मात्र ल्याएको छ । त्यस्तै बाराको जितपुर उपमहानगरपालिकामा नेकपा एमाले अगाडी देखिएको छ भने कलैयामा समाजबादी फोरम अगाडी छ ।

जितपुर उपमहानगरको मेयर पदमा ११ सय मत ल्याएर अग्रता कायम गर्दा दोस्रो स्थानमा रहेका माओवादी उम्मेदवारले ८६१ मत ल्याएर पछ्याउदै छन् । जितपुरमा कांग्रेसका उम्मेदवारले ७ सय ४४ मत ल्याएर तेस्रो स्थानमा कायम राखेका छन् ।

त्यस्तै कलैयाको मेयरमा संघीय समाजवादीका उम्मेदवारले १२८ मत ल्याएर अग्रस्थान कायम गरेका छन् भने दोस्रो स्थानमा एमाले ८८ र तेस्रो स्थानमा कांग्रेस उम्मेदवारले ६३ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १६ मत पाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप