बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी संस्थागत ढङ्गले चल्न सकेन : नेता सिंह

बुधबार, ०४ असोज २०७४, १४ : ३८
बुधबार, ०४ असोज २०७४

काठमाडौँ-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान’ कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउन आग्रह गर्नुभएको हो । “निर्वाचनका लागि पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्नुहोस् र जिताउनुहोस्,” नेता सिंहले भन्नुभयो । 

नेता सिंहले काँग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै काँग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता सिंहले काँग्रेसले गरेका कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताउनुभयो । 

काँग्रेस पूर्वमहामन्त्री सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसक्दा कार्यकर्ताप्रति निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप