मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बर प्रदेशको पहिलो नतिजा, धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

बुधबार, ०४ असोज २०७४, १४ : २२
बुधबार, ०४ असोज २०७४

धनुषा –राष्ट्रिय जनता पार्टी नेपालले नगरपालिकामा आफ्नो पहिलो खाता खोलेको छ । 
धुनषाको हन्सपुर नगरपालिकाकाे मेयरमा राजपाका  रामज्ञान  मण्डल र उपमेयरमा राजपाकै  रेणु झा विजयी भएको राजपा नेपालका महासचिव केशव झाले जानकारी गराए ।  

विजयी मण्डलले ३३२० मत ल्याए भने निकटतम प्रतिद्धन्दी  कांग्रेसका प्रदीप कुमार यादवले ३२२९ मत ल्याए । 
यस्तै उपमेयरमा  राजपाकी झाले ३२७६  र निकटतम प्रतिद्धन्दी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत ल्याइन्। 

यसको आधिकारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप