शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भेटीबाट वार्षिक करोड आम्दानी

बुधबार, ०४ असोज २०७४, १४ : ११
बुधबार, ०४ असोज २०७४

बागलुङ -प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी संकलन हुने गरेको छ । 

मन्दिरमा आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड १५ लाख ३९ हजार भेटी संकलन भएको छ । आव २०७२÷७३ भन्दा रु २५ लाख बढी भेटी संकलन भएको छ । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार नगदबाहेक भक्तजनले बोका, राँगो, कुखुरा, हाँसको मुढ ९टाउको०, परेवा, चामल र तेल बिक्रीको रकम पनि भेटीमा जाने गरेको छ । 

गत आवमा मन्दिरमा बलि दिइएका एक हजार ८५४ बोकाको मुढ बिक्रीबाट रु १२ लाख ९९ हजार संकलन भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । दुई हजार ६०७ कुखराको मुढबाट रु एक लाख १४ हजार र राँगोको मुढबाट रु ३५ हजार ९०० संकलन भएको छ । 

मन्दिरको भेटीमा सबैभन्दा बढी परेवा बिक्रीबाट रकम जम्मा भएको छ । गत आवमा मन्दिरबाट बिक्री भएका आठ हजार ८७५ जोडी परेवाबाट रु ३५ लाख ५० हजार भेटी उठेको छ । प्रतिजोडी परेवा रु ४०० बिक्री हुने गरेको छ । बोकाको मुढ रु ४००, राँगाको रु १००, कुखरा र हाँसको मुढ रु ४५ मा बिक्री हुने गरेको अध्यक्ष खड्का बताउनुहुन्छ । मुढ बिक्रीमा विगतमा देखिएको समस्या हटाउन समितिले यस वर्षदेखि तौल र गोटा प्रणाली अपनाएको छ । 

यस्तै, भक्तजनले चढाएको चामल ९अक्षेता० बिक्रीबाट मन्दिरले रु दुई लाख १८ हजार भेटी संकलन भएको छ । मन्दिरमा चढेको तेल, कपडा लगायतका सामग्री बिक्रीको रकम मन्दिरको भेटीमै जम्मा हुन्छ । रसिद काटेर आर्थिक सहयोग गर्ने भक्तजनबाट वर्षभरिमा रु ७५ हजार संकलन भएको अध्यक्ष खड्काले बताउनुभयो । कालिका मन्दिर देशमै प्रसिद्ध शक्तिपीठका रुपमा परिचित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप