बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाबिना मानव सभ्यता र विकासको कल्पना हुँदैन : मेयर रेणु दाहाल

बुधबार, ०४ असोज २०७४, १३ : ५२
बुधबार, ०४ असोज २०७४

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । बुधबार भरतपुरमा भएको सम्मान तथा शूभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर दाहालले शिक्षा क्षेत्रको विकास बिना मानव सभ्यता,बिकास र संबृद्धिको कल्पना समेत गर्न नसकिने बताएकी हुन् । ‘ चितवनलाई शैक्षिक केन्द्रको रूपमा बिकास गर्न प्रशस्त संभावनाहरू छन् यसको सम्भावना विस्तारमा महानगर लागिपर्न कुनै कसर बाँकी राख्दैन ।’ मेयर दाहालले महानगरको सम्बृद्धिको नारा शिक्षाको ज्योतिले मात्र पुरा गर्ने समेत बताइन् ।
‘शिक्षा सर्बसुलभ हुनुपर्छ, साथै बृहद गुरूयोजनासहित एकिकृत शहरीबिकास रिङरोड , लिडंकरोड निर्माण गरी गोलाधाट र गाइधाटलाइ भरतपुरसँग जोडेर विकास गर्ने अभियान छिट्टै सुरू हुनेछ ।’महानगरपालिकाको पूर्बाधार निर्माण,शिक्षा,स्वास्थ्य, पर्यटन,आधुनिक कृषि बिकास र पर्यटनको तिब्र बिकासले मात्र चाहेको सम्बृद्धि हासिल गर्न सकिने भन्दै तयसका लागि शिक्षक र प्राध्यापकहरूलाई योजना तर्जुमामा सहयोग गर्न आग्रह पनि गरिन् । 
कार्यक्रममा उपमेयर पार्बती शाह ठकुरिले सबैको सहयोगले नै हराभरा र सुन्दर महानगर बन्ने भन्दै सकारात्मक सोच र रचनात्मक सहयोग आवस्यक रहेको धारणा राखिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप